काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरकाे पहिलाे कारोबार आइतवार (आज) हुन सकेन । स्पेशल प्रि-ओपन सेसनमा म्याचिङ नभएका कारण कम्पनीको पहिलाे कारोबार नभएको हो ।
कुनै पनि नयाँ कम्पनीको शेयर सूचीकृतपछि पहिलो पटक कारोबारमा आउनका लागि स्पेशल प्रि-ओपन सेसनमा कारोबार हुनुपर्छ । त्यसपछि मात्र नियमित सेसनमा शेयर कारोबार हुने गर्दछ ।
अब कम्पनीको शेयर काराेबार सोमवारकाे स्पेशल प्रि-ओपन सेसनमा हुनेछ ।
कम्पनीको ३० लाख कित्ता शेयर बिहीवार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको थियो । पहिलो कारोबारको लागि कम्पनीले नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले ६ लाख कित्ता सर्वसाधारणको लागि, ३ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरूको लगानी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।