काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा समेत २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर विक्री खुला गरेको छ ।
विद्यमान संस्थापकले नकिनेपछि कम्पनीले संस्थापक समूहमा नै रहने गरी यी शेयर विक्री खुला गरेको हो । यसअघि फागुन १ गते र वैशाख ७ गते दुई पटक विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर यी शेयर विक्री खुला गरिएकोमा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गर्न लागिएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी असार १४ गतेभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने छ ।