काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २१ गते वार्षिक साधारण सभा बोलाएको छ ।
जेठ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिहान ८ बजे ज्योति बैंक्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट, कुमारीगाल, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि गरेको छ । हाल ३० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही रकम बराबरको हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो ।
हकप्रद शेयर निष्कासनबाट प्राप्त रकमको उपयोग गर्ने सम्बन्धमा सभाले आवश्यक निर्णय गर्नेछ भने कम्पनीको प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ९ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार ८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।