काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६५ प्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले जेठ २६ गते हाल कायम चुक्तापूँजीका आधारमा १ बराबर शून्य दशमलव ६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी कम्पनीले बुक क्लोजको मिति भने असार ८ गतेका लागि तय गरेको छ ।
बुक क्लोजको अधामा बुक क्लोजको आधारमा असार ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले २०८० मंसिर २० गते हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँको आधारमा ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको थियो । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६२ करोड २८ लाख १० हजार रुपैयाँ कायम हुनेछ ।