काठमाडौं । धितोपत्रको दोस्रो बजारमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आजदेखि कारोबारमा आएको छ । गत शुक्रवार नेप्सेमा सूचीकृत भएकाे कम्पनीको आईपीओ आजदेखि कारोबारमा आएको हो ।
कम्पनीको शेयर प्रतिकित्ता रू. ३१६ मा खुलेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य १.९९ प्रतिशत अर्थात् ६ रूपैयाँ ३० पैसाले बढेर रू. ३२२ दशमलव ३० पुगेको छ ।
कम्पनीको कुल २५ लाख कित्ता शेयर शुक्रवार सूचीकृत भएको थियो । नेप्सेले पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १०५ दशमलव ३६ देखि ३१६ दशमलव ०८ तोकेको थियो । सोही ओपन रेञ्जका आधारमा आइतवार शेयर कारोबार भएको हो । नेप्सेले पहिलो कारोबारको लागि प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्छ ।