विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको महिला उद्यमी विकास समितिले आज (बिहीवार)देखि ढाका महोत्सव गर्ने भएको छ । ढाका उद्योगको प्रवर्द्धन, बजारीकरण र आधुनीकरणमा सहयोग पुर्याउने उद्देश्यले विराटनगरमा ढाका महोत्सव आयोजना गर्ने भएको हो ।
महिला उद्यमी विकास समितिकी संयोजक सरु केसीका अनुसार विराटनगरको जैन भवनमा हुने ढाका महोत्सवमा कोशी प्रदेशका १४ ओटै जिल्लाका ढाका उद्योगसँँग सम्बन्धित करीब ३ सय महिला उद्यमीको सहभागिता रहने बताइएको छ ।
शनिवारसम्म रहने महोत्सवमा ढाका कपडा तान प्रतियोगिता, संस्कृतिसँग जोडेर ढाकाको फेशन शो, ढाका पोशाक प्रतियोगिता लगायतका कार्यक्रम समावेश गरिएको महिला उद्यमी विकास समितिकी संयोजक केसीले जानकारी दिइन् ।