काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौँ वार्षिक साधारण सभा बनेपा ०८, काभ्रेपलाञ्चोक स्थित बनेपा पार्टी भेन्युमा भव्यताका साथ सम्पन्न भएको छ । उक्त साधारण सभामा सञ्चालक समितिका अध्यक्ष विनोद ज्ञवालीले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न अराजक संगठनहरू बाट श्रृजित समस्याले गर्दा लक्षित वर्गमा लघुवित्त संस्थाहरूलाई घरदैलोमा गइ वित्तीय सेवा प्रदान गर्न कठिन भएको बताए ।
विगतका वर्षहरूमा शेयरधनिहरूलाई लाभांश वितरण गर्न नसकेको भएतापनि र यस आर्थिक वर्षको दोश्रो त्रैमासमा संस्थाले ३ करोड ५५ लाख खुद नाफा गर्न सफल भएको बताए । नवौँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०८०/२०८१ को वित्तीय प्रतिवेदन, आर्थिक वर्ष २०८१/२०८२ को लागी वाह्य लेखापरिक्षक नियुक्ती तथा पारिश्रमीक निर्धारण र संस्थालाई एकआपसमा गाभ्नेरगाभिने अख्तियारी सञ्चालक समितीलाई दिने निर्णय पारित भएको छ ।
साधारण सभाबाट संस्थापक तर्फबाट ४ जना संचालकहरू विनोद ज्ञवाली, पुष्पराज ढकाल, सन्तोष पोख्रेल र गोपाल बश्याल सर्वसहमतीमा निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनिहरूको सञ्चालक तर्फबाट चुनावी प्रक्रियामा तिन जना प्रतिस्प्रधि विमल आचार्य, दयाराम जैशी र तिर्थसागर अर्याल रहेकोमा मतदान प्रक्रियाबाट तिर्थसागर अर्याल र विमल आचार्य सञ्चालकमा निर्वाचित भएका छन् । नवौं वार्षिक साधारण सभा बाट मनोनित ६ जना निर्वाचित संचालकहरूलाई निर्वाचन अधिकृत हरि बहादुर बस्नेतले प्रमाणपत्र वितरण गरेका थिए ।
उक्त कार्यक्रममा अध्यक्षको वार्षिक प्रतिवेदन माथि सर्वसाधारण शेयरधनीहरू गोविन्द जि.सी., लभराज जोशी, चन्द्रनारायण श्रेष्ठ, बैजनाथ रौनियार, सुदिप श्रेष्ठ, निरुपमा गुप्ता र ब्रम्हदेव शाक्यले टिकाटिप्णी तथा रचनात्मक सुझाव दिएका थिए । निर्वाचित संचालकहरूको पहिलो बैठकले सञ्चालक समितीको अध्यक्ष पदमा विनोद ज्ञवालीलाई सर्वसम्मतिले पुन: चयन गरेको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडे ५३ जिल्लाहरूमा कार्यक्षेत्र रही १३५ ओटा शाखा कार्यालयहरूबाट १ लाख सदस्यहरू मार्फत १ अर्ब ७७ करोड बचत संकलन गरी ३५ हजार ऋणी सदस्यहरूलाई ४ अर्ब ८० करोड कर्जा लगानी गरी यस अर्धबार्षिक अवधिमा ३ करोड २७ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले निस्क्रिय कर्जा २.९१ प्रतिशत् रहेको छ ।