रोबर्ट कियोसाकीले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी अर्थतन्त्रको अन्त्य नजिकिएको भन्दै चेतावनी दिएका छन् । उनले अमेरिकी बन्डको हालैको लिलामी असफल भएको भन्दै यसलाई ‘आर्थिक संकटको संकेत’ भनेका छन् ।
उनको भनाइमा, फेडले बन्ड लिलामी गर्यो तर कुनै लगानीकर्ता आएनन् । त्यसपछि फेड आफैले ४५० अर्बको बन्ड किन्यो त्यो पनि नक्कली पैसाले । उनले लेखेको छन्, ‘अब सजिलो समय सकिएको छ । महाआर्थिक मुद्रास्फीति शुरु भइसकेको छ । लाखौं मानिसहरू आर्थिक रूपमा ध्वस्त हुनेछन् ।’
- प्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ का लेखक र वित्तीय शिक्षाविद् रोबर्ट कियोसाकीले अमेरिकी आर्थिक संकटलाई लिएर कडा चेतावनी दिएका छन् । उनले सुनको मूल्य २५,००० डलर, चाँदीको मूल्य ७० डलर र बिटक्वाइनको मूल्य ५ लाखदेखि १० लाख डलरसम्म पुग्न सक्ने बताएका छन् ।
यस चेतावनीसँगै अमेरिका अहिले वित्तीय संकटको भुमरीमा छ । हालै मुडिजले अमेरिकाको सार्वभौम क्रेडिट रेटिङ घटाएको थियो, जुन पहिले फिच र स्ट्यान्डर्ड र पुअर्सले पनि गरिसकेका थिए । कियोसाकीले यसलाई तुलना गर्दै भने, ‘अमेरिका बेरोजगार, ऋणमा डुबेको, आफ्ना परिवारको हेरचाह नगर्ने लापर्बाह पिता
जस्तै भएको छ ।’
उनी भन्छन्, ‘यस्तो क्रेडिट डाउनग्रेडका कारण ब्याजदरहरू अझ बढ्नेछ, जसले बेरोजगारी बढाउनेछ, बैंकहरू धराशयी पार्नेछ, आवास बजारमा संकट ल्याउनेछ र सन् १९२९ को महामन्दीजस्तै अवस्था ल्याउन सक्नेछ ।
बन्ड बजारमा असफल लिलामीपछि डलर कमजोर भएको छ, स्टक बजार र अमेरिकी ट्रेजरी यिल्ड्स चुलिएको छ । यसले आगामी वित्तीय वर्षमा लगानीकर्ताहरूलाई धेरै सतर्क हुनुपर्ने संकेत दिन्छ ।
कियोसाकीले समयमै तयारी गर्न आग्रह गर्दै भने, ‘म सधैं भन्छु, जागिरको भर नपरेर आन्त्रप्रेनर बन्नुस् । अतिरिक्त आम्दानीको काम शुरू गर्नुस् । आय दिने सम्पत्ति जस्तै कि वास्तविक सुन, चाँदी र आजकालको युगअनुसार बिटक्वाइनमा लगानी गर्नुस् ।’
विश्वव्यापी अनिश्चितता बढिरहेका वेला सुन र बिटक्वाइन दुवैको मूल्य उकालो लागेको देखिएको छ । सुन लगातार चार दिनदेखि उकालो लागिरहेको छ र बिटक्वाइनले नयाँ ऐतिहासिक मूल्य (४१११,०००) छुन सफल भएको छ ।
अमेरिकी केन्द्रीय बैंकको नीति र १९७१ मा सुनमूल्यबाट अमेरिकी डलरको विच्छेदलाई लिएर कियोसाकी सधैं आलोचक रहँदै आएका छन् । उनले भनेका छन्, ‘हरेक संकट पहिलेभन्दा ठूलो हुन्छ किनभने तिनको समाधान कहिल्यै गरिँदैन ।’
(इकोनोमिक टाइम्सबाट)