काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७२/७३ सालदेखिको लाभांश बुझ्न बाँकी सदस्यहरुलाई यथासिघ्र बुझ्न आग्रह गरेको छ । कम्पनीले मंगलवार सूचना जारी गर्दै हालसम्म पनि उक्त वर्षदेखिको लाभांश नबुझेका शेयरधनीहरुलाई यथासिघ्र बुझ्न भनेको हो ।
कम्पनीका अनुसार हालसम्म पनि कतिपय शेयरधनीहरुले नगद लाभांश र बोनस शेयर बुझ्न बाँकी रहेको बताएको छ । कम्पनीले आर्थिक वर्ष ०७२/७३ मा ५ प्रतिशत नगद लाभांश, ०७३/७४ मा ५ प्रतिशत नगद लाभांश , ०७४/७५ मा १० प्रतिशत बोनस शेयर, ०७५/७६ मा १२ प्रतिशत नगद लाभांश , ०७७/७८ मा ८ प्रतिशत बोनस शेयर, ०७८/७९ मा ५ प्रतिशत बोनस शेयर, ०७९/८० मा ५ दशमलव २६ प्रतिशत नगद लाभांश र ०८०/८१ मा ५ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
उल्लेखित लाभांश शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुको हकमा लिन बाँकी रहेको कम्पनीको भनाई छ । यसर्थ सम्बन्धित शेयरधनीहरुले आफ्नो शेयर अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि लाभांश वितरण गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।