काठमाडौं । आरविवि म्युचुअल फण्ड १ को प्रतिइकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ४ पैसा रहेको छ । माघ मसान्तसम्म १० रुपैयाँ ७३ पैसा रहेको योजनाको फागुनमा यो मूल्य बढेको हो ।
७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७८ साउन ७ गतेदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।
यो योजना फागुन मसान्तसम्म १३ करोड १२ लाख रुपैयाँभन्दा बढी नाफामा रहेको छ । माघ मसान्तसम्म योजनाको नाफा ९ करोड १४ लाख रुपैयाँभन्दा बढी रहेको थियो । आम्दानी बढ्दा योजनाको नाफा बढेको हो ।
योजनाको आम्दानी माघ मसान्तसम्म १० करोड ६१ लाख रुपैयाँभन्दा बढी रहेकोमा फागुन मसान्तसम्म भने १४ करोड ७८ लाख रुपैयाँभन्दा बढी भएको छ । योजनाको खर्च माघ मसान्तसम्म १ करोड ४७ लाख रुपैयाँभन्दा बढी रहेकोमा फागुन मसान्तसम्म १ करोड ६६ लाख रुपैयाँभन्दा बढी भएको छ ।
यस अवधिसम्म योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्य १ अर्ब २७ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ । ९ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको योजनाको कुल लगानी मूल्य भने १ अर्ब २६ करोड ४४ लाख रुपैयाँभन्दा बढी मात्र रहेको छ ।