नेपाली बीमा उद्योगको प्रगतिको कथा भनिसाध्यै छैन । तपाईंलाई थाहै छ, यस उद्योगको बाउआमा जे भने पनि एउटै छ, जसलाई बीमा समिति भनिन्छ । ऊ बीमा उद्योगलाई हुर्काउन, बढाउन हात धोएरै लागेको छ । उसको यत्तिका वर्षदेखिको मेहनतको कमाल हो– नेपाली जनसंख्याको यति ठूलो हिस्साले जीवन बीमा गरिसक्यो । बीमाको महत्त्व बुझेरै ती सबैले बीमा गरेका छन् ।
जसले बुझेन, उसलाई विदेशमा रोजगारमा जान लाग्दा राम्ररी त्यो बुझाइएको छ । त्यसैले विदेश जाने सबैले बीमा गरेका छन् । निर्जीवन बीमा त झन् कतिले गरे कतिले । गाडी खरीद गर्नेबित्तिकै त्यसले बीमाको टीका लगाइहाल्छ । उद्योग खोल्नेले पनि बीमा गरिहाल्छ । यो सबै बीमा समितिको प्रचार–प्रसार नीतिको करामत हो, अनिवार्य बीमाको सरकारी नीतिको यसमा कुनै हात छैन ।
(तीतोमीठोबाट) वर्ष ७, अंक ३५०, शुक्रवार १५ भदौ, २०६९