विराटनगर। विराटनगरको डिग्री कलेजको मैदानमा माघ ११ गतेदेखि शुरू हुने विराट एक्स्पो ०२५ मा ‘विराट बजार बिटुबि पेभिलियन’को व्यवस्था हुने भएको छ । यो पेभिलियन औद्योगिक तथा व्यावसायिक विकास तथा व्यावसायिक सहकार्यका लागि महत्त्वपूर्ण हुने आयोजक उद्योग संगठन मोरङले बताएको छ ।
यो पेभिलियनमा सबै प्रकारका व्यवसायीले सम्बन्धित अर्को व्यवसायसँग सहकार्यका लागि भरपर्दो डिजिटल प्लेटफर्म प्राप्त गर्ने बताइएको छ । यो पेभिलियनलाई आयोजकले औद्योगिक तथा व्यावसायिक विकासको ‘सेन्टर फर एक्सिलेन्स’को रूपमा प्रस्तुत गर्दै छ । विशेषगरी साना तथा मझौला उद्यम (एसएमईज्)सँग अन्य उद्योगको व्यावसायिक सम्पर्क बढाउने गरी यसले काम गर्ने उद्योग संगठन मोरङले बताएको छ ।
त्यसैगरी बजार प्रवद्र्धका लागि मेरो देश मेरै उत्पादन, बिजनेश क्लिनिक, क्युसेफ, जबब्रिज, उद्योग दर्ता प्रक्रिया, ऐनकानून, संघ प्रदेश र स्थानीय तहका करका दर, वैदेशिक लगानीको प्रक्रिया लगायत सबै सूचना भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी इफिसियन्सी कार्यक्रम, इण्डष्ट्री–एकेडेमिया लगायत संगठनका कार्यक्रमबारे पेभिलियनमा जानकारी गराइने बताइएको छ ।