काठमाडौं। नेपाल हस्तकला महासंघको नयाँ कार्यसमिति चयन भएको छ । महासंघको पुस २६ र २७ गते सम्पन्न ४४औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो । हस्तकला उद्योग, व्यवसाय र निकासी प्रवर्द्धनका साथै यस क्षेत्रमा संलग्न उद्यमी, व्यवसायी, कलाकार, कालिगढको हित प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित नेपाल हस्तकला महासंघमा विभिन्न २३ पदका लागि निर्वाचन भएको बताइएको छ, जसमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६ गरी ८ जना पदाधिकारी र कार्यसमिति सदस्य १५ जना छन् ।
नयाँ कार्य समितिको अध्यक्षमा रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्षमा राजमान वज्राचार्य निर्वाचित भएका हुन् । त्यस्तै समितिको उपाध्यक्षमा जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्षतर्फ मलिका श्रेष्ठ, वस्तुगत संघ उपाध्यक्षतर्फ श्रीकृष्ण प्रजापति, उद्योगतर्फ सविता महर्जन, वाणिज्यतर्फ प्रताप शाक्य, व्यक्तिगततर्फ नविन शाक्य र एसोसिएटतर्फ किरणकुमार स्थापित निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा मात्रिकादेवी प्रसाई, रमेशराज वज्राचार्य, उपेन्द्र बाराही, धनप्रसाद लामिछाने, अमूल्यदेवी शाक्य, राजीव शाक्य, विक्रम सिंह महर्जन निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा अवनिश प्रधानांग, प्रविनबहादुर शाक्य, मिलन वीर मालाकार, उदिप शाक्य, विकास शाक्य, माणिकमान शाक्य, सुजनरत्न शाक्य र दिपेन्द्र शाक्य निर्वाचित भएका छन् ।