काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अनाथ बालबालिकाहरूको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल ९नवीकरण प्रतिष्ठान नेपाल०लाई सहयोग प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो संस्थालाई दैनिक उपभोग्य खाद्यान्न सामग्रीहरू र वाटर डिस्पेन्सर उपलब्ध गराएको हो ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप बालबालिकाहरूलाई सामग्रीहरू हस्तान्तरण गरे । समारोहलाई प्रमुख कार्यकारी अधिकृत पोखरेलले संस्थालाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे ।
सो संस्थामा करीब ४५ जना बालबालिकाहरूले आश्रय लिइरहेका छन् ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । साथै मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ ओटा शाखा, १६२ ओटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ ओटा शाखारहित बैंकिङ्ग इकाईहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।