काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेड गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६९ लाख १६ हजार रुपैयाँभन्दा बढी मात्र खुद नोक्सानीमा छ । अघिल्लो वर्ष यस अवधिसम्म ५ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको यो कम्पनीले गत वर्ष भने नोक्सानी निकै कम गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार वित्तीय खर्च कम हुँदा नोक्सानी घट्न सहयोग पुगेको देखिन्छ । अघिल्लो वर्ष ९ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ४ करोड १ लाख रुपैयाँभन्दा बढी मात्र भएको हो । साथै अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको आम्दानीसमेत बढेको छ । अघिल्लो वर्ष ६ करोड २६ लाख रुपैयाँभन्दा बढी रहेको आम्दानी गत वर्ष ७ करोड १७ लाख रुपैयाँभन्दा बढी भएको हो ।
हाल कम्पनीको चुक्ता पूँँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ छ । कम्पनीको रिटेन्ड अर्निङ ३१ करोड ४८ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । कम्पनीको कर्जा तथा सापटी रकम अघिल्लो वर्ष १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रहेकोमा गत वर्ष १ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी छ । ६३ रुपैयाँ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ २४ पैसा छ ।