logo
अघिल्लो वर्ष नोक्सानीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक गत वर्ष रू. १ करोड ६६ लाख नाफामा
अघिल्लो वर्ष नोक्सानीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंक गत वर्ष रू. १ करोड ६६ लाख नाफामा
१७ श्रावण २०७९

साउन १७, काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको चौथो त्रैमाससम्म रू. १० करोड ५५ लाख नोक्सानीमा रहेको कम्पनीले गत आवको सोही अवधिमा रू. १ करोड ६६ लाख नाफामा गएको छ । कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ५ दशलमव ५२ प्रतिशत वृद्धि भएको छ ।

अघिल्लो आवमा रू. २१ करोड ६२ लाख खुद ब्याज आम्दानी भएको कम्पनीको गत आवमा बढेर रू. २२ करोड ८२ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू.८३ करोड ४३ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ९ करोड २६ लाख सञ्चित गरेको छ ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ७ करोड १० लाख ऋणात्मक रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ (वार्षिक), मूल्य आम्दानी अनुपात ११८ दशमलव ४८ गुणा, प्रतिशेयर नेटवर्थ रू.११८ दशमलव ४८ र तरलता अनुपात २४ दशमलव ४१ प्रतिशत रहेको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.