काठमाडौं । अकामा होटेल लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित चैत ३ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही, काठमाडौंमा विहान ११ः३० बजे सुरु हुनेछ । सभाले कम्पनीको ऐनको दफा ५६ को उपदफा १ (ख) बमोजिम अंकित मूल्य परिवर्तन गर्ने प्रस्ताव पारित गर्नेछ । आईपीओपछि कम्पनीको चुक्तापूँजी परिवर्तन हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
आईपीओ निष्कासन लगाएत आगामी दिनमा नियामक निकायबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । काठमाडौंको धुम्बाराहीमा ५ तारे डिलक्ट होटेलको रुपमा यो होटेल सञ्चालनमा छ । नेपाललाई विश्वमा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भन्ने उदेश्यका साथ सानिमा समूहले स्थानीय नेवारी र हिमाली संकृतिलाई कायम राख्ने गरी होटेल सञ्चालनमा रहेको छ ।