काठमाडौं । धितोपत्र दोस्रो बजारमा पछिल्लो समय छोटो समयमै नाफा बुक गर्ने प्रवृत्ति बढेको छ । यही प्रवृत्तिका कारण यो साता पनि धितोपत्र दोस्रो बजार घटेको छ ।
गत साताको तुलनामा यो साता नेप्से परिसूचक २ दशमलव ४५ प्रतिशत अर्थात् ६७ दशमलव १७ अंक तल झरेको हो । गत साताको अन्तिम कारोबार दिन २ हजार ७३६ दशमलव ४८ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ६६९ दशमलव ३१ विन्दुमा झरेको हो ।
यो साता पाँच कारोबार दिन नै बजार घटेको छ । गत साताको अन्तिम कारोबार दिन १७ दशमलव २८ अंकले बढेर बन्द भएको बजार यो साताको पहिलो कारोबार दिन २१ दशमलव ६३ अंक, दोस्रो दिन १० दशमलव १४ अंक, तेस्रो कारोबार दिन ७ दशमलव ६६ अंक, चौथो दिन १४ दशमलव ८८ अंक र पाँचौ दिन १२ दशमलव ८४ अंक बजार घटेको हो ।
बजारप्रति लगानीकर्ताको उत्साह लामो समय टिक्न नसक्दा नेप्से माथि जान नसकेको ब्रोकरहरू बताउँछन् । अल्पकालीन लगानीकर्ताले छोटो समयमै कमाउन सक्ने देखेपछि पछिल्लो समय दीर्घकालीन लगानीकर्ताको संख्या निकै कम रहेको अनुमान ब्रोकरहरूको छ ।
बजारको दीर्घकालीन विकासका लागि दीर्घकालीन लगानीकर्ताको भूमिका महत्त्वपूर्ण हुने हुँदा त्यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानुपर्ने भनाई ब्रोकरहरूको छ ।
घटेको बजारमा यो साता कारोबार रकम २५ प्रतिशत र कारोबार कित्ता करीब ३३ प्रतिशत घटेको छ । गत साताको चार कारोबार दिनमा ३५ अर्ब ९ करोड ८१ लाख रुपैयाँभन्दा बढीको ७ करोड ६३ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साताको पाँच कारोबार दिनमा २६ अर्ब २९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको ५ करोड १३ लाख ३१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
गत साताको तुलनामा यो साता कारोबार रकम ८ अर्ब ८० करोड रुपैयाँभन्दा बढीले र कारोबार कित्ता २ करोड ४९ लाखभन्दा बढीले घटेको हो ।
औसतमा यो साता कारोबार रकम ४० प्रतिशतभन्दा बढीले र कारोबार कित्ता ४२ दशमलव २० प्रतिशतभन्दा बढीले घटेको छ । गत साता औसतमा ८ अर्ब ७७ करोड ४५ लाख रुपैयाँभन्दा बढीको १ करोड ९० लाख ८० हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता ५ अर्ब २५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको १ करोड २ लाख ६६ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताभन्दा यो साता औसतमा कारोबार कम ३ अर्ब ५१ करोड ५१ लाख रुपैयाँभन्दा बढीले र कारोबार कित्ता ८८ लाख १४ हजारभन्दा बढीले घटेको हो ।
बजार घटेसँगै लगानीकर्ताको सम्पत्ति मूल्यमा २ दशमलव ४५ प्रतिशत कमी आएको छ । गत साताको तुलनामा यो साता कुल बजार पूँजीकरण १ खर्ब ११ अर्ब ५३ करोड ९२ लाख रुपैयाँले घटेको हो । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४३ अर्ब ८१ करोड १८ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३२ अर्ब २७ करोड २६ लाख रुपैयाँ कायम भएको हो ।
सातागत परिसूचकको तुलना
विवरण | यो साता | गत साता | फरक | फरक प्रतिशत |
नेप्से परिसूचक (अंक) | 2,669.31 | 2,736.48 | -67.17 | -2.45 |
सेन्सेटिभ इन्डेक्स (अंक) | 447.7 | 459.03 | -11.33 | -2.47 |
कारोबार रकम (रू. हजारमा) | 26,296,886.67 | 35,098,126.99 | -8,801,240.32 | -25.08 |
कारोबार कित्ता | 51,331,393 | 76,322,246 | -24,990,853 | -32.74 |
औसत कारोबार रकम (रू. हजारमा) | 5,259,377.33 | 8,774,531.75 | -3,515,154.41 | -40.06 |
औसत कारोबार कित्ता | 10,266,278.60 | 19,080,561.50 | -8,814,282.90 | -46.2 |
कुल बजार पूँजीकरण (रू. दश लाखमा) | 4,432,272.62 | 4,543,811.88 | -111,539.26 | -2.45 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
व्यापारिक समूहको परिसूचक १.५७ प्रतिशत बढ्दा बाँकी सबै समूहको घट्यो
यो साताको कारोबारमा व्यापारिक समूहको परिसूचक मात्र बढेको छ । नेप्सेका अनुसार व्यापारिक समूहको परिसूचक गत साताको अन्तिम कारोबार दिनको तुलनामा १ दशमलव ५७ प्रतिशत बढेको हो ।
परिसूचक बढेको आधारमा व्यापारिक समूहबाहेक अन्य समूहका लगानीकर्ताले यो साता गुमाएको देखिन्छ । यो साता सर्वाधिक गुमाउनेमा वित्त समूहका लगानीकर्ता छन् । वित्त समूहको परिसूचक सर्वाधिक ४ दशमलव १९ प्रतिशत घटेको छ ।
त्यस्तै विकास बैंकको ३ दशमलव ८७ प्रतिशत, जीवन बीमाको ३ दशमलव ७६ प्रतिशत, अन्यको ३ दशमलव शून्य ५ प्रतिशत, जलविद्युतको ३ दशमलव शून्य ३ प्रतिशत, निर्जीवन बीमाको २ शमलव ६७ प्रतिशत, लगानीको २ दशमलव ६६ प्रतिशत, लघुवित्तको २ दशमलव ३४ प्रतिशत, बैंकिको २ दशमलव १९ प्रतिशत, होटल तथा पर्यटनको १ दशमलव शून्य ९ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ८४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ७८ प्रतिशत परिसूचक घटेको छ ।
साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
विवरण | यो साता | गत साता | फरक प्रतिशत |
व्यापारिक | 4,167.84 | 4,103.40 | 1.57 |
म्युचुअल फण्ड | 19.05 | 19.2 | -0.78 |
उत्पादन तथा प्रशोधन | 7,225.61 | 7,286.63 | -0.84 |
होटल तथा पर्यटन | 6,539.63 | 6,611.58 | -1.09 |
बैंकिङ्ग | 1,359.53 | 1,389.97 | -2.19 |
लघुवित्त | 4,911.20 | 5,028.91 | -2.34 |
लगानी | 106.49 | 109.4 | -2.66 |
निर्जीवन बीमा | 12,430.70 | 12,771.69 | -2.67 |
जलविद्युत् | 3,546.61 | 3,657.58 | -3.03 |
अन्य | 2,371.54 | 2,446.15 | -3.05 |
जीवन बीमा | 13,318.45 | 13,838.27 | -3.76 |
विकास बैंक | 5,632.82 | 5,859.82 | -3.87 |
वित्त | 2,557.22 | 2,669.00 | -4.19 |
स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)