काठमाडौं । अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नका लागि पहिला विद्युत व्यापार सम्झौतानै गर्नुपर्ने अडान चीनले लिएको छ । यहि चैत १४ र १५ मा दुईदेशका प्रतिनिधिहरु बिच बेइजिङमा भएको छलफलममा चिनीयाँ टोलीले यस्तो अडान लिएको हो ।
यस अघि उक्त छलफलका लागि नेपाल विद्युत प्राधिकरणका प्रसारण लाइन निर्देशनालय प्रमुख दिर्घायु कुमार श्रेष्ठ नेतृत्वको टोली चीन पुगेको थियो । त्यहाँ चाइना स्टेट ग्रीड अफ चाइना र प्राधिकरणको टोली बिीच छलफल भएको थियो । प्रसारण लाइन निर्माण गरेपछी विद्युत आदान प्रदान गर्नुपर्ने भएकाले पहिला विद्युत व्यापार सम्झौतानै हुनुपर्ने चिनीयाँ पक्षले अडान लिएको हो ।
दुई पक्ष बिच जिलोङ –केरुङ –रसुवागढी– चिलिमे २२० केभी प्रसारण लाइन निर्माण अघि बढाउने विषयमा छलफल भएको थियो । तर, विद्युत व्यापार सम्झौता नभए सम्म प्रसारण लाइन निर्माण गर्न नसकिने अडान लिएपछी नेपाली टोली फर्किएको चीन भ्रमणटोलीमा रहेका एक सदस्यले बताए ।