काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ६३ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत असोज मसान्तसम्म रू. ३ करोड ९२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यो त्रैमाससम्म भने बढी नाफा गरेको हो । यो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट रू. १२ करोडभन्दा बढी आम्दानी गरेको छ । सञ्चालनबाट कम्पनीको यो त्रैमाससम्म रू. १० करोड ८३ लाखभन्दा बढी आम्दानी भएको हो ।
व्यवस्थापकीय खर्च रू. ८५ लाखभन्दा बढी भएको कम्पनीको भनाइ छ । वित्तीय खर्च भने गत त्रैमाससम्म रू. २ करोड ३१ लाखभन्दा बढी भएकोमा यो त्रैमाससम्म रू. ३ करोड ८१ लाखभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड छ भने जगेडा कोष रकम रू. ४ करोड ८७ लाखभन्दा बढी छ ।
कर्जा रकम भने रू. ९२ करोड १५ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १८ दशमलव ५४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. १०९ दशमलव ७५ रहेको छ ।