काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर लिमिटेडले यही पुस २६ गते तेह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सभा युनियन हाउस पार्टी प्यालेस, अनामनगर, काठामाडौंमा बिहान ११ बजेबाट शुरु हुनेछ ।
सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभाले गत आव २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस ११ गतेसम्म कायम रहने शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।