काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।
कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको अपर हेवाखोला साना जलविद्युत आयोजनामा गत असार २ गते आएको बाढीले ब्यापक क्षति पुर्याएको र त्यसको पुनः निर्माण कार्य तीव्र गतिमा भइरहेकाले हालसम्म बीमा दाबीको टुङ्गो नलागिसकेको अवस्थामा वार्षिक साधारण सभा सम्पन्न गर्न नसकेको कम्पनीले प्रष्ट पारेको छ ।
साथै कम्पनीले वार्षिक साधारण सभा गर्नका लागि तीन महीनाको अवधि थप गर्न कम्पनी रजिष्ट्रारको कार्यालयसँग स्वीकृति माग गरेको छ । गत वर्ष भने कम्पनीले पुस २१ गते वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।