काठमाडौं । काठमाडौंको असनचोकमा दशैंको एघारौं दिन बुधवार विशेष पायाः (खड्ग) जात्रा अर्थात् असं चालं मनाइएको छ ।
एकादशीका दिन काठमाडौंको असनमा उदाय समुदायको विशेष तरिकाको खड्ग जात्रा निकालिन्छ । एकादशीको दिन असनमा निस्कने पायाः जात्रा अन्य समुदायको भन्दा फरक हुन्छ ।
अन्य पायाःमा जेष्ठ नागरिक जात्राको मुख्य व्यक्ति अथवा थकालीको रूपमा खड्गसहित निस्किने गर्छन् भने असं पायाःमा सबैभन्दा कान्छो व्यक्तिले जात्राको नेतृत्व गर्छन् ।
यसैक्रममा यसपटक पनि योगेन्द्र विर सिं तुलाधर र अनिशा तुलाधरका सन्तान यनिश विर सिं तुलाधरलाई थकालीको रूपमा सरिक गराइएको छ । असनका उदाय समुदायले एकादशीको दिनमा टीका लगाउने गर्छन् ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान