काठमाडौं । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ को नोक्सानी भदौको तुलनामा असोजमा बढेको छ । भदौ मसान्तसम्म ३ करोड १० लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको फण्ड असोज मसान्तसम्म भने ४ करोड ९४ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको हो ।
असोज मसान्तसम्म फण्डको प्राप्त भइसकेको आम्दानी २ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ । भदौ मसान्तसम्म प्राप्त भइसकेको आम्दानी १ करोड २४ लाख रुपैयाँभन्दा बढी थियो ।
असोजमा फण्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ २१ पैसा छ । भदौमा यो मूल्य ९ रुपैयाँ ३६ पैसा थियो । भदौको तुलनामा असोजमा फण्डको प्रतिइकाई खुद मूल्य घटेको हो ।
असोज मसान्तसम्म योजनाको बैंक मुद्दती निक्षेप र धितोपत्रमा भएको लगानीको मूल्य ९५ करोड २५ लाख ७१ हजार रुपैयाँभन्दा बढी छ । फण्डले बैंक मुद्दती निक्षेपमा १८ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ ।
भदौ मसान्तसम्म फण्डको बैंक मुद्दती निक्षेपसहित धितोपत्रमा भएको लगानीको मूल्य ९७ करोड ५७ लाख रुपैयाँ थियो । भदौको तुलनामा असोजमा फण्डको धितोपत्रमा भएको लगानी मूल्य घटेको हो ।
फण्डले धितोपत्रमा गरेको लगानीको परल मूल्य भने धितोपत्र दलाल कमिसनसहित १ अर्ब १ करोड ९२ लाख रुपैयाँभन्दा बढी छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।