कमलामाई (सिन्धुली) । आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–२, सुम्नामबेंसी, गोलन्जोर गाउँपालिका–१, कुडुले र गोलन्जोर–६, अक्करेभीरमा लगायत क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।
गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले पहिरो पन्छाउने कार्य भइरहेको छ । रासस