logo
एनआईसी एशिया ग्रोथ फण्डले कमायो रू. ५ करोड ३३ लाख नाफा
एनआईसी एशिया ग्रोथ फण्डले कमायो रू. ५ करोड ३३ लाख नाफा

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले वैशाख मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार फण्डले वैशाख मसान्तमा रू. ५ करोड ३३ लाख नाफा कमाएको छ । चैत मसान्तमा फण्डको नाफा भने रू. ५ करोड ४३ लाख थियो । यस आधारमा फण्डको नाफा सामान्य घटेको छ । 

फण्डको कुल आम्दानी चैतको तुलनामा वैशाखमा केही बढेको छ । चैत मसान्तमा फण्डको आम्दानी रू. ६ करोड ७३ लाख रहेकोमा वैशाख मसान्तमा बढेर रू. ६ करोड ७७ लाख पुगेको छ ।

त्यस्तै फण्डको न्याभ चैतको तुलनामा वैशाखमा घटेको छ । चैत मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ७१ पैसा रहेकोमा वैशाख मसान्तमा १० रुपैयाँ ६९ पैसामा सीमित भएको छ । 

फण्डले सूचीकृत शेयरमा लगानी पनि केही घटाएको छ । चैत मसान्तमा सूचीकृत शेयरमा रू. ६२ करोड ८३ लाख लगानी गरेकोमा वैशाख मसान्तमा रू. ६२ करोड ५४ लाख छ । 

रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.