काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले काठमाडौं महानगरपालिका–६ बौद्धस्थित अरुणिमा एजुकेशन फाउन्डेसनका विद्यार्थीको वित्तीय जानकारी अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा संस्थाको बौद्ध शाखाका प्रबन्धक दिगम्बर श्रेष्ठ, सूचना प्रविधि विभागका विभागीय प्रमुख सुजन डंगोल तथा अन्य कर्मचारी र अरुणिमा एजुकेशन फाउन्डेसनका प्रिन्सिपल ईश्वरी प्रसाद न्यौपानेको उपस्थिति थियो ।
संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत यस संस्थाले विगत वर्षदेखि नै वित्तीय साक्षरता तथा सामाजिक कार्यमा सहभागी हुँदै आएको बताइएको छ । संस्थाले २३ शाखा कार्यालय, ४ विस्तारित काउण्टरबाट सेवा प्रदान गर्दै एटिएम सेवा, सेफ डिपोजिट लकर सेवा, डिम्याट खाता, मोबाइल बैंकिङ सेवा जस्ता सेवा प्रदान गर्दै आएको छ ।