काठमाडौं । यो वर्ष दशैंमा महाअष्टमी र महानवमी पर्व एकैदिन परेको छ। आज उपत्यकाभित्रका शक्तिपीठहरू गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवती, शोभा भगवती लगायत देवी मन्दिरहरूमा पनि बलिसहित पूजा गरिन्छ।
महानवमीको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलि एवं नरिबल फुटाएर पूजाआजा गर्ने गरिन्छ ।
महानवमीमा सवारी पूजा गर्दा ती साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशा एवं विश्वास छ । यस्तै हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लागेको छ ।
हेर्नुस् तस्वीरहरू
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान