काठमाडौं। बेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बालनरसिंह घर्ती (बीएन घर्ती) नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको यही फागुन २६ गते बसेको ६०२औं बैठकले घर्तीलाई संस्थाको सीईओमा नियुक्त गरेको हो । संस्थाका अनुसार आगामी चारवर्षे कार्यकालका लागि नियुक्त भएका घर्तीको कार्यकाल फागुन २६ गतेदेखि नै कार्यान्वयनमा आएको छ ।
कम्पनीका तत्कालीन सीईओ उमेश भण्डारीले छाडेपछि खाली भएको पदमा घर्ती नियुक्त भएका हुन् । ११ वर्ष अगाडि घर्ती तत्कालीन किष्ट बैंकमा कामु सीईओको भूमिकामा थिए । उनी पछिल्लो समय बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । उनको ‘बैंकिङ अनुशासन’ पुस्तकले यस वर्षको ‘सामना बैंकिङ पुरस्कार’ पाएको थियो ।