जेठ ९, नयाँ दिल्ली (भारत) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले भारतमा आफ्नो पहिलो अफलाइन स्टोर खोलेको छ । कम्पनीले बैङ्गलुरुमा मे २० मा एम्आई होम खोलेको हो । स्टोर खोलेको १२ घण्टामै यसले ५ करोड रुपया कमाइ गरेको कम्पनीले दाबी गरेको छ । यो आम्दानी खासगरी रेडमी फोर, रेडमी फोर ए र रेडमी नोटको विक्रीबाट भएको बताइएको छ । आईडीसीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१७ को पहिलो त्रैमासमा रेडमी नोट फोर भारतमा सबैभन्दा धेरै बिक्ने फोन बनेको थियो । कम्पनीले आगामी २ वर्षमा देशभर १ सय एम्आई होम खोल्ने तयारी गरिरहेको छ । यसको शुरुआत दिल्ली, मुम्बई, हैदरावाद र चेन्नईबाट गरिने बताइएको छ । एजेन्सी
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.