काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड १ ले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्ड भदौ महीनामा रू. ३ करोड ४० लाख नोक्सानीमा रहेको छ । साउन मसान्तमा फण्डले रू. १३ करोड ६८ लाख नाफा कमाएको थियो । भदौ महीनामा फण्डको जम्मा आम्दानी रू. ३ करोड ४० लाख ऋणात्मक रहेकाले फण्ड नोक्सानीमा रहेको हो ।
त्यस्तै फण्डको प्रति इकाई खुद सम्पत्ती मूल्य (न्याभ) पनि साउन मसान्तको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १२ रुपैयाँ ०५ पैसा रहेकोमा भदौ मसानतमा घटेर १० रुपैयाँ ६८ पैसामा झरेको हो ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी घटाएको छ । साउन मसान्तमा फण्डको सूचीकृत शेयरमा लगानी रू.१ अर्ब २५ करोड भन्दा बढी रहेकोमा भदौ मसान्तमा घटाएर रू. १ अर्ब १ करोड रहेको छ । भदौ मसान्तसम्ममा फण्डको मुद्धति निक्षेपमा रू. १० करोड लगानी रहेको छ । त्यस्तै ऋणपत्रमा रू. ८८ लाख ५८ हजार र सार्वजनिक निष्कासन ,हकप्रद शेयर, बोनस शेयर र अन्य सूचीकृत नभएकोमा गरेर कुल रू. २२ लाख ७० हजार रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.