मेक्सिको सिटी । मेक्सिकोले बुधबारदेखि लागू हुने गरी आफ्नो स्टील र आल्मुनियम निर्यातमा २५ प्रतिशतको भन्सार कर हटाउन संयुक्त राज्य अमेरिकासँग वार्ता गरिरहेको अर्थमन्त्री मार्सेलो एब्रार्डले बताएका छन् ।"हामीले स्टील र एल्युमिनियममा सम्झौता गर्न आवश्यक छ,” एब्रार्डले प्रेस ब्रीफिङ्गमा बताए ।
मेक्सिकोले अमेरिकाबाट निर्यात भन्दा बढी स्टिल र आल्मुनियम आयात गर्छ, जसले प्रस्तावित करहरू अनुचित बनाएको उनको तर्क थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १० मा एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । जुन यस क्षेत्रको व्यापार घाटालाई उल्लेख गर्दै स्टील र आल्मुनियम आयातमा २५ प्रतिशत कर लगाउने भनिएको थियो ।
बिहीबार, मेक्सिकोका राष्ट्रपति क्लाउडिया शेनबाउम र ट्रम्पले अप्रिल २ सम्म मेक्सिकन उत्पादनहरूमा व्यापक करहरू अस्थायी रूपमा निलम्बन गर्न सहमत भएका छन् । ट्रम्पले बिहीबार ओभल अफिसमा पत्रकारहरूलाई उनको मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामसँग ‘धेरै राम्रो कुराकानी’ भएको बताए ।
उनले अवैध आप्रवासन र संयुक्त राज्य अमेरिकामा आउने लागूऔषध नियन्त्रण दुवैमा अत्यधिक प्रगति भएको दाबी गरे । दुवै कारण वासिङ्टनले मेक्सिको, क्यानाडा र चीनमा भन्सार शुल्क लगाउँदा उल्लेख गरिएका थिए । रासस/सिन्ह्वा