काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिन नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अन्तिम स्वीकृति पाएका छन् । बोर्डको फागुन ९ गते को पत्र अनुसार यी दुई कम्पनीले एक आपसमा गाभिन अन्तिम स्वीकृति पाएका हुन् ।
नेपाल राष्ट्र बैंकले पनि दुवै कम्पनीलाई जेठ ३ गते नै मर्जरमा जान सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । काभ्रेको बनेपा–१४ मा केन्द्रीय कार्यालय रहेको सामुदायिक र बिपिडब्लु लघुवित्त संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी नियमावलीअनुसार फागुन २९ गते एक आपसमा गाभ्ने/गाभिने सहमति भएको थियो ।