मोरङको उर्लाबारीमा व्यापारीले किसानबाट किनेको सुपारी । व्यापारीले किसानबाट ५५ रुपैयाँ किलोको दरले सुपारी किनेका हुन् । यो सिजनको सुपारीको नयाँ फल माघ महीनादेखि बजारमा आउन थालेको छ । कोशी प्रदेशमा वार्षिक १४ हजार ५५ मेट्रिक टन सुपारी उत्पादन हुँदै आएको छ ।
सुपारी निकासीमा संसदीय समितिले डीएनए परीक्षण अनिवार्य गरेपछि यो पटक सुपारी निकासीमा समस्या भएको नेपाल सुपारी खेती विकास संस्थाका अध्यक्ष देवी खतिवडाले बताए । नेपालबाट निकासी हुने अन्य कृषि उपजमा डीएनए परीक्षणको प्रावधान नभए पनि सुपारीमा अनिवार्य गरिएको कारण सुपारी किसान मारमा परेका छन् । तस्वीर : वेदराज पौडेल /आर्थिक अभियान