काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्ष यस अवधिसम्म २ लाख ४३ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । गत वर्ष पहिलो त्रैमाससम्म वित्तीय खर्च नगरेको कम्पनीले यस वर्ष भने २० करोड ३३ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको छ ।
गत वर्ष यस अवधिसम्म विद्युत विक्री आम्दानी नगरेको कम्पनीले यस वर्ष २५ करोड ५२ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको छ । विक्री खर्च भने यस वर्ष ४६ करोड ७१ लाख रुपैयाँभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ छ । जगेडा कोष रकम भने ४३ करोड ५७ लाख रुपैयाँभन्दा बढी छ । दीर्घकालीन कर्जा भने यस वर्ष बढेको छ ।
गत वर्ष ५ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको दीर्घकालीन कर्जा यस वर्ष ६ अर्ब ६३ करोड रुपैयाँ छ । यस वर्ष कम्पनीको अल्पकालीन कर्जा भने घटेको छ । गत वर्ष ९० करोड ४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा यस वर्ष ३२ करोड १० लाख रुपैयाँभन्दा बढी छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ रुपैयाँ ४७ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ १६ पैसा छ ।