भदौ १, काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी अघिल्लो आवको तुलनामा गत आवमा रू. ३८ लाख ३२ हजार घटेको छ । गत आवमा कम्पनीकाे नाेक्सानी रू. २ लाख ४३ हजार रहेकाे छ । अघिल्लो आवमा कम्पनीकाे नाेक्सानी रू. ४० लाख ७५ हजार थियाे ।
चुक्तापूँजी रू. १ अर्ब ८२ करोड रहेको कम्पनीको गत आवको चौथो त्रैमाससम्म जगेडा कोष रू. ९ करोड ३८ लाख ऋणात्मक छ । सो अवधिमा कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ०१ ऋणात्मक रहेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर नेटवर्थ रू.९४ दशमलव ८६ रहेको छ ।