काठमाडौं । बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु)ले पुस २७ गते एकै दिन वार्षिक साधारण सभा बोलाएका छन् ।
बोटलर्स नेपाल (तराई)ले सोल्टी होटल, ताहाचल, काठमाडौंमा अपराह्न १२ बजे र बोटलर्स नेपाल (बालाजु)ले पनि सोल्टी होटलमै अपराह्न ४ बजे सभा गर्ने निर्णय गरेको हो । बोटलर्स नेपाल (बालाजु)ले सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्तिको विषय टुङ्ग्याउनेछ ।
बोटलर्स नेपाल (तराई)ले भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ । साथै प्रस्तावित ६० प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ । साधारण सभा प्रयोजनका लागि दुवै कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएका छन् ।
बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछ । बोटलर्स नेपाल (तराई)का पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।