काठमाडौं । दशैंका लागि सङ्घीय राजधानी काठमाडौं छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दशैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोँङ्गबुमा रहेको नयाँ बसपार्कमा हिजोआज घुइँचो बढ्न थालेको छ ।
दशैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेकाहरू घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि १७ गते बिहानसम्म काठमाडौंबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।
हेर्नुस् तस्वीरहरू