काठमाडौं । विश्व सम्पदामा सूचीकृत लुम्बिनीको प्रवर्द्धनका लागि अन्तरराष्ट्रिय शान्ति महोत्सव शुरु भएको छ ।
महोत्सवको पहिलो दिन शुक्रवार बिहान शाक्यमुनि बुद्धको जन्मस्थल मायादेवी मन्दिर परिसरमा लुम्बिनी अन्तरराष्ट्रिय ध्यान शिविर सञ्चालन भएको छ । त्यहाँ ध्यान गर्न करीब सय जना भिक्षुभिक्षुणीसहित पाँच सय जना सहभागी छन् ।
नेपाल पर्यटन बोर्ड, नेपालका लागि चीनको दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् नेपालले महोत्सव आयोजना गरेका हुन् । कार्यक्रमको सहआयोजकमा नेपाल ओभरसिज चाइनिज एशोसिएसन, लुम्बिनीको चोङ हुवा गुम्बा र लुम्बिनी होटल एसोशियसन छन् ।
महोत्सवको उद्घाटन पर्यटनमन्त्री नारायणकाजी श्रेष्ठले गरे ।
लुम्बिनीको सांस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तरराष्ट्रिय रूपमा प्रचारप्रसार गर्न महोत्सवमा ध्यानसहित म्याराथन दौड र सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने बताइएको छ ।
हेर्नुस् तस्वीरहरू