काठमाडौं । लगातार चोथो कारोबार दिन बुधवार (आज) पनि नेप्से परिसूचक घटेको छ । मंगलवारको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ५५ प्रतिशत घटेको हो । यस दिन नेप्से परिसूचक २ हजार ६७६ विन्दुसम्म झरेको थियो भने २ हजार ७०६ दशमलव ५८ विन्दुसम्म झरेको थियो । अन्तिममा नेप्से परिसूचक २ हजार ६८२ दशमलव १५ विन्दुमा बन्द भएको हो ।
आज नेप्से २६७७ अंकको टेवा नजिक पुगेको छ । यसले अबको दिनमा नेप्से परिसूचक बढ्ने संकेत देखाएको जानकार बताउँछन् । आजको मैनबत्तीको पुच्छर छोटो बनेको छ । यसले बजारमा बजारमा धेरै उतारचढाव नआएको देखाउँछ ।
घटेको बजारमा आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ३९ प्रतिशत बढेको छ । यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता १७० रुपैयाँले बढेर अन्तिम मूल्य १ हजार ९८० रुपैयाँ कायम भएको छ । यो दिन सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य भने ९ दशमलव २० प्रतिशत घटेको छ । प्रतिकित्ता २१८ रुपैयाँले घटेर कम्पनीको शेयर मूल्य प्रतिकित्ता २ हजार १५२ रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ३४ करोड ६६ लाख रुपैयाँभन्दा बढीको ८२ लाख ३७ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा बुधवार ५ अर्ब १४ करोड ३९ लाख रुपैयाँभन्दा बढीको ९५ लाख ८३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो ।
कुल कारोबारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको २९ करोड ६७ लाख ३२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेर अन्तिम मूल्य ९७७ रुपैयाँ कायम भएको छ ।
बुधवार कुल बजार पूँजीकरण ४४ खर्ब ५३ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कुल बजार पूँजीकरण २४ अर्ब ७१ करोड ६० लाख रुपैयाँभन्दा बढीले घटेको छ । अघिल्लो कारोबार दिन कुल बजार पूँजीकरण ४४ खर्ब ७८ अर्ब ३१ करोड २७ लाख रुपैयाँ रहेको थियो ।
यस दिन होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव १० प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य ३ प्रतिशत र व्यापारिक समूहको शून्य दशमलव ६० प्रतिशत बढेको छ । यीबाहेक अन्य समूहको परिसूचक भने घटेको छ । बैंकिङ समूहको शून्य दशमलव ५६ प्रतिशत, विकास बैंकको शून्य दशमलव १३ प्रतिशत, वित्तको १ दशमलव ५३ प्रतिशत, जलविद्युतको शून्य दशमलव ६७ प्रतिशत, लगानीको शून्य दशमलव ४९ प्रतिशत, जीवन बीमाको १ दशमलव ४८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४८ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५१ र अन्य समूहको पनि शून्य दशमलव ५१ प्रतिशतले परिसूचक घटेको छ ।