काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा वाणिज्य बैंकहरूले कुल रू. ३० अर्ब २४ करोड नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मंसिर महीनासम्म उक्त नाफा कमाएका हुन् ।
अघिल्लो आवको पाँच महीनामा बैंकहरूले कुल रू. २८ अर्ब ३६ करोड नाफा कमाएका थिए । यो आधारमा हेर्दा यस वर्षको नाफा ६ दशमलव ६० प्रतिशत वृद्धि भएको छ ।
चालू आवको पाँच महीनामा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले मंसिर मसान्तसम्ममा रू. ३ अर्ब ४९ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १७ दशमलव ७८ प्रतिशत बढी हो । सो अवधिमा बैंकले रू. २ अर्ब ९६ करोड नाफा कमाएको थियो ।
चालू आवको पाँच महीनामा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा ग्लोबल आइएमई बैंक छ । बैंकले मंसिर मसान्तसम्ममा रू. २ अर्ब ८३ करोड नाफा कमाएको छ ।
सो अवधिमा २० वाणिज्य बैंकहरूमध्ये कृषि विकास बैंक रू. ३५ करोड २४ लाखमा घाटामा छ । यस बैंकले गत आवको मंसिर मसान्तमा भने रू. १२ करोड ५० लाख नाफा कमाएको थियो ।
गत आवको तुलनामा चालू आवमा ६ बैंकको नाफा घटेको छ भने बाँकी सबैको नाफा बढेको छ । तीमध्ये एनआईसी एशिया बैंकको नाफा ६५ दशमलव ७६ प्रतिशत घटेको छ भने नेपाल एसबिआई बैंकको नाफा ९० दशमलव ४८ प्रतिशत वृद्धि भएको छ ।
बैंकको नाम | खुद नाफा रू. दश लाखमा | घटबढ प्रतिशत | |
२०८१ मंसिर मसान्तसम्म | २०८० मंसिर मसान्तसम्म | ||
नबिल बैंक | ३,४९७.४१ | २,९६९.३५ | १७.७८ |
ग्लोबल आइएमई बैंक | २,८३४.४४ | २,७३७.९२ | ३.५३ |
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | २,४९१.०७ | २,६०९.०५ | -४.५२ |
कुमारी बैंक | १,९९३.२२ | १,३०१.५१ | ५३.१५ |
प्राइम कमर्शियल बैंक | १,९६८.९३ | १,९२८.९४ | २.०७ |
एभरेष्ट बैंक | १,९४०.२६ | १,४०३.२२ | ३८.२७ |
एनएमबि बैंक | १,९०६.४४ | १,४५१.३४ | ३१.३६ |
प्रभु बैंक | १,८३८.४२ | १,४९४.५५ | २३.०१ |
लक्ष्मी सनराइज बैंक | १,६४०.७० | ८९८.०४ | ८२.७ |
नेपाल बैंक | १,५१५.७८ | १,२१३.११ | २४.९५ |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | १,३७४.५४ | १,२५६.०२ | ९.४४ |
नेपाल एसबिआई बैंक | १,३४८.७२ | ७०८.०६ | ९०.४८ |
हिमालयन बैंक | १,३३७.११ | १,८०४.९२ | -२५.९२ |
सिद्धार्थ बैंक | ९७९.०४ | ६२३.८१ | ५६.९४ |
सानिमा बैंक | ९०४.१२ | १,०७६.३८ | -१६ |
राष्ट्रिय वाणिज्य बैंक | ८६७.१९ | १,४१०.१९ | -३८.५१ |
माछापुच्छ्रे बैंक | ८२७.४४ | ७६२.७ | ८.४९ |
सिटिजन्स बैंक इन्टरनेशनल | ६९४.९४ | ७४३.५९ | -६.५४ |
एनआईसी एशिया बैंक | ६३३.४ | १,८५०.११ | -६५.७६ |
कृषि विकास बैंक | -३५२.४७ | १२५.०२ | - |
कुल | ३०,२४०.७० | २८,३६७.८४ | ६.६ |
स्रोत : नेपाल राष्ट्र बैंक