सहकारी र बैंकको संरचना फरकफरक हुन्छ भन्ने कुरा बचतकर्ताले बुझ्न सकिरहेका छैनन् । बैंक सञ्चालन गर्न निश्चित धरौटी राख्नुपर्छ । यसबाट बैंकले बदमासी गरिहाल्यो भने धरौटीबाट बचतकर्ताको निक्षेप फिर्ता गर्न सकिन्छ । तर, सहकारी संस्था सञ्चालन गर्न धरौटी राख्नुपर्दैन । यसबारे धेरै बचतकर्तालाई जानकारी नै छैन । बचतकर्ताहरू सहकारीलाई बैंकजस्तै ठानी बचत गरिरहेका छन् । सहकारी टाट पल्टने अवस्था आए बचतकर्ताको निक्षेप फिर्ता गर्न वा गराउन सकिँदैन । अहिले काठमाडौंकेन्द्रित केही सहकारी संस्थाबाट बचतकर्ताको निक्षेप जोखीममा रहेको कुरा सार्वजनिक भएको छ ।
यसले गर्दा सहकारीका बचतकर्तामा भय उत्पन्न भएको छ । आफ्ना सदस्यहरूबाट संकलित रकम बचत गर्न र सदस्यहरूकै बीचमा लगानी गर्नका लागि सहकारी संस्था खोलिएको हो । तर, अहिले सहकारीको कारोबार सदस्यसदस्यबीच मात्रै सीमित छैन । संस्थाका सदस्यभन्दा बाहिर पनि वित्तीय कारोबार हुन थालेको छ । यसले पनि समस्या बढाएको हो । बचतकर्ता पनि सजिलोका लागि सहकारी संस्थामा बचत गर्न थालेका छन् ।
(सहकारी विभागका रजिस्ट्रार केदार न्यौपानेसँगको कुराकानीबाट) वर्ष ८, अंक ८३, मङ्गलवार २६ मङ्सिर, २०६९