काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले ४३ करोड ६२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा २१ दशमलव ५५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५५ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।
दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको छ । यस वर्ष इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफा घट्न पुगेको हो । गत वर्ष २० करोड २९ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २४ करोड ८ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रुपैयाँ छ । शेयर प्रिमियम ४ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब २८ करोड ९३ लाख रुपैयाँभन्दा बढी छ । जगेडा कोष रकम २ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ३१ अर्ब ८८ करोड ९६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३१ अर्ब ८७ करोड ६१ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी २९ रुपैयाँ ३० पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २३१ रुपैयाँ ५२ पैसा छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्