चितवन। चितवनका विभिन्न विधाका खेलाडी र परिवारका सदस्यले पुष्पाञ्जली अस्पतालमा उपचार गर्दा २५ प्रतिशतसम्म छूट पाउने भएका छन् । चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की र अस्पतालका प्रबन्ध निर्देशक सुजन अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा खेलाडी तथा परिवारका सदस्यको स्वास्थ्य परीक्षणमा २५ प्रतिशतका साथै प्रयोगशाला परीक्षण, वेड सेवा, ईसीजी, भिडियो एक्सरे, सिटी स्क्यान लगायतका सेवामा खेलाडीले २५ प्रतिशतसम्म छूट सुविधा पाउनेछन् । यस्तै औषधिमा ७ प्रतिशत छूट गरिएको छ । अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले खेलाडी राष्ट्रको गहना भएको बताउँदै खेलाडीको स्वास्थ्यप्रति अस्पतालको पनि दायित्व रहेको बताए । समितिका अध्यक्ष कार्कीले अस्पतालले खेलाडीप्रति देखाएको सद्भाव सहुलीयतको प्रशंसा गरे । चितवनमा सबै विधाका गरी करीब २५ हजार खेलाडी रहेको तथ्यांक छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.