चितवन । अग्नी ग्रुपले १ दशमलव ७ टन भार क्षमताको महिन्द्रा बोलेरो पिकअप चितवनमा सार्वजनिक गरेको छ । देशैभर एकैपटक सार्वजनिक भएकोे बोलेरोको चितवनमा पनि विक्री शुरू गरिएको हो । चितवनको भरतपुरस्थित महिन्द्राको आधिकारिक विक्रेता सेन्ट्रल अटोजोनले पिकअप बोलेरो सार्वजनिक गरेको हो ।
अटोजोनका अध्यक्ष राजेन्द्र बाटाजुले नेपालमा बलियो र बढी क्षमतायुक्त युटिलिटी गाडीको बढ्दो मागलाई ध्यानमा राख्दै महिन्द्राले यो पिकअप बजारमा ल्याएको बताए । यसमा ६३ विएचपिको पावर र १९५ न्युटन मिटरको टर्क, २ दशमलव ५ लिटरको एमटु–डिआई–सिआर डिजेल इन्जिन रहेको बताइएको छ । यसको बजार मूल्य रू. २५ लाख ६५ हजार कायम गरिएको बताइएको छ । असार महीनासम्म खरीद वा बुकिङ गर्नेका लागि ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा गाडी उपलब्ध गराइने बताइएको छ ।