काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२५ को अवसर पारेर नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटो कर्पले ‘न्यु इयर, न्यु दिपल’ योजना सार्वजनिक गरेको छ । उक्त योजनाअनुसार ४.९९ % निश्चित ब्याजदरमै दिपलका ईभी खरीद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग सहकार्यमा बनाइएको यो विशेष योजनाले प्रिमियम विद्युतीय कार खरीद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा एमएडब्लु वृद्धिको छ ।
यो योजनामा ग्राहकले ४।९९ प्रतिशत निश्चित ब्याजदरमात्र होइन, निशुल्क एसेसोरिज, निशुल्क रोड ट्याक्स, निशुल्क अटो प्लस इन्स्योरेन्सका साथै उत्कृष्ट रिकन्डिसन हाउसहरूमार्फत आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउनेछन् ।
कम्पनीका अनुसार दिपल एस०७ र दिपलएल०७ मा १५ भन्दा बढी ‘फर्स्ट टाइम इन नेपाल’ फिचर छन्, जसका कारण ग्राहकले यी ईभीलाई रुचाएको कम्पनीको भनाइ छ । यसमा सन फ्लावर टच स्क्रिन, अग्मेन्टेड रियालिटी हेड–अप–डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरू रहेको कम्पनीले जनाएको छ ।
नेपालमा छोटो समयमै दिपल ईभीका ७०० भन्दा बढी युनिट विक्री भइसकेको कम्पनीले जनाएको छ ।