काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेको छ । गत आवमा कम्पनी रू. ९८ लाख ७२ हजार नोक्सानीमा रहेकोमा चालू आवमा रू. १ लाख २९ हजारमा झरेको छ ।
चालू आवमा कम्पनीको खर्च घटेकाले नोक्सानी घटेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च रू. ४ करोड १९ लाख रहेकोमा चालू आवमा घटेर रू. ३ करोड ३३ लाखमा झरेको छ ।
त्यस्तै कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा सामान्य बढेको छ । गत आवमा कम्पनीले विद्युत विक्रीबापत रू. ५ करोड ८३ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ५ करोड ९२ लाख पुगेको छ ।
कम्पनी नोक्सानीमा भएसँगै प्रतिशेयर आम्दानी १० पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिशेयर आम्दानी ६३ रुपैयाँ ४३ पैसा रहेको छ । चुक्तापूँजी रू. ५३ करोड ६४ लाख रहेको कम्पनीको जगेडा कोष रू. १९ करोड ६१ लाख ऋणात्मक छ ।