काठमाडौं । अरुण काबेली पावर लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनी दोस्रो त्रैमाससम्ममा रू. ३१ करोड ५ लाख घाटामा छ । गत आवको दोस्रो त्रैमाससम्ममा भने कम्पनी रू. १५ करोड १३ लाख नाफामा थियो ।
चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी नभएको र खर्चमा वृद्धि भएकाले घाटामा देखिएको हो । यो त्रैमासमा काबेली वि १ जलविद्युत परियोजना बन्द भएका कारण यो त्रैमासमा विद्युत विक्रीबाट आम्दानी प्राप्त भएको छैन ।
त्यस्तै गत आवमा कम्पनीको कुल खर्च रू. २६ करोड २८ लाख रहेकोमा चालू आवमा बढेर रू.२८ करोड १९ लाख पुगेको हो । कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा ऋणात्मक छ । दोस्रो त्रैमाससम्ममा कम्पनीको तरलता अनुपात ६ दशमलव ४९ प्रतिशत र प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ ३४ पैसा छ ।
कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ८९ करोड छ । दोस्रो त्रैमाससम्ममा जगेडा कोष रू. २८ करोड ४३ लाख ऋणात्मक छ । सो अवधिमा शेयर प्रिमियम भने रू. १० करोड २८ लाख धनात्मक छ ।