काठमाडौं । दुई कारोबार दिनमा उच्च अंक बढेको नेप्से बुधवार भने घटेर बन्द भएको छ । बुधवार नेप्से परिसूचक २६ दशमलव ०७ अंक घटेर २ हजार ५९७ दशमलव ४९ विन्दुमा झरेको हो । बढेको बजारमा अल्पकालिन कारोबारीहरूले प्रोफिट बुक गरेसँगै आज घटेको हो । दुई कारोबार दिनमा नेप्से १५९ अंक बढेको थियो । कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा आज केही घटेको छ । अघिल्लो कारोबार दिन नेप्से रू. ७ अर्ब ६१ करोड बराबरको कारोबार भएकोमा आज रू. ६ अर्ब ७७ करोडमा झरेको हो ।
अहिले लाभांशको सिजन चलेको छ भने धेरैजसो कम्पनीहरूको शेयर मूल्य तल्लो विन्दुमा झरेको छ । यस कारण पनि यो समयमा शेयर खरीद गर्दा जोखिम कम हुने शेयर जानकारहरु बताउँछन् । लगानी गर्नपूर्व लगानीकर्ताले कम्पनीको समग्र वित्तीय अवस्थालाई अध्ययन गर्नु उनीहरूको भनाई छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८७ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ९१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८९ प्रतिशत घटेको छ । ३१० धितोपत्रको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ८३ हजार ८१ पटकमा रू. ६ अर्ब ७७ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्र मध्ये थ्री स्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ८८३ दशमलव ३० पुगेको छ । त्यस्तै दोस्रोमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर रू. १ हजार ९३ कायम भएको छ ।
बुधवार बिन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार १५० कायम भएको छ । त्यस्तै दोस्रोमा न्यादी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव २० प्रतिशत घटेर रू. ३०५ दशमलव १० मा झरेको छ ।
सर्वाधिक शेयर खरिदविक्री को हिस्सा नेपाल फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. २० करोड ७१ लाख बराबरको कारोबार भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३८७ दशमलव ९० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरिदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको रू. १७ करोड ३१ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत सूचक मध्ये वित्त समूहको सूचक १ दशमलव ७५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक १ दशमलव ८२ प्रतिशत घटेको छ ।