काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजना भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले गुँरास कम्पनीको ५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ५७८ दशमलव १० कायम भएको छ । नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०७ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर कम्पनीको शेयर आगामी आइतवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।